विभागको भन्डार शाखावाट निम्न कार्यहरु हुन्छन् ।
-
आवश्यकता अनुसार विभागको निम्न आवश्यक जिन्सी सामानहरु खरीद आदेश महानिर्देशक वा निर्देशकबाट स्वीकृत गराई खरीद गर्ने , दाखीला रिपोर्ट प्रमाणित गराई आम्दानी वाँध्ने र माग फाराम महानिर्देशक वा निर्देशकबाट स्वीकृत गराई नियम अनुसार खर्च लेख्ने
-
खर्च भएर जाने र नजाने सामानको जिन्सी खाता गरी अध्यावधिक वनाई राख्ने र सम्वन्धित अधिकारीबाट प्रमाणित गराउने
-
मर्मत गर्नु पर्ने सामानहरु नियमानुसार महानिर्देशक वा निर्देशकबाट मर्मत आदेश स्वीकृत गराई मर्मत गराउने
-
लिलाम एवं मिनाहा गर्नु पर्ने सामानको लिलाम र मिनाहा गर्नको निम्ती कारवाही उठाउने
-
शाखासित सम्वन्धित कागजातहरुको अभिलेख राख्ने
-
शाखासित सम्वन्धित कामका पत्राचार गर्नुपर्दा आवश्यकता अनुसार सम्वन्धित अधिकृत समक्ष पेश गर्ने
-
विभाग र विभाग अन्तर्गत कार्यालयको अचल सम्पत्तिको अभिलेख राख्ने