सूचना प्रणाली सञ्चालनसम्वन्धी सामान्य निर्देशन (हेल्प/Help)
(आन्तरिक प्रयोगकर्ताका लागि मात्र)
(क) PMIS खोल्न
कारागार व्यवस्थापन विभागको वेवसाइटमा रहेको "कारागार व्यवस्थापन सूचना प्रणाली" वटन थिच्ने र त्यसपछि आउने लगइन स्क्रिनमा आँफुलाइ प्रदान गरिएको यूजरन्याम र पासवर्ड इन्टर गर्ने । सूचना प्रणाली खुल्दछ । उक्त प्रणालीको सुरू स्क्रिनमा नेपालको नक्सा र केही चार्टमा महत्वपूर्ण सूचना तुरून्तै देख्न सकिन्छ । जस्तैः सो नक्सामा रहेका जिल्लामा माउस लैजाँदा त्यस जिल्लामा रहेका कारागार र त्यस कारागारमा रहेका कैदीको संख्या देखाउँदछ ।
(ख) कारागारका कर्मचारीको विवरण थप्न वा परिवर्तन गर्न
व्यवस्थापन सूचना प्रणालीको "आधारभूत विवरण " मेनुमा "कारागार कार्यालयहरू" मा क्लिक गरी संवन्धित कारागारको दायाँपट्टी भएको "कर्मचारी थप" वटनमा क्लिक गर्ने ।
(ग) नयाँ कैदी/थुनुवा थप्न
व्यवस्थापन सूचना प्रणालीको "कैदी व्यवस्थापन" मेनुमा रहेको "कैदी थप गर्ने " मा क्लिक गर्ने
(घ) कैदी खोजी गर्न
व्यवस्थापन सूचना प्रणालीको "कैदी व्यवस्थापन" मेनुमा रहेको "कैदी खोजी" मा क्लिक गर्ने । त्यसपछि आउने स्क्रिनमा कैदीको नाम, मुद्दा, नागरिकता, कैद भुक्तान अवधि आदिका आधारमा कैदी खोजी गर्न सकिन्छ ।
(ङ) आन्तरिक प्रशासनमा नयाँ नियुक्ति गर्न, विवरण हेर्न, सच्याउन र हटाउन
(अ) नयाँ नियुक्ति गर्नः
माथि (घ) मा उल्लेखित कार्यविधी अनुरूप नयाँ नियुक्ति गर्न पर्ने कैदी खोज्ने । सो विवरणको अन्तिम कोलममा रहेको "अन्य" मेनुमा "आन्तरिक नियुक्ति" मा क्लिक गरी त्यसपछि आउने फारममा विवरण भरी नियुक्त गर्ने ।
(आ) नियुक्तिको विवरण हेर्न, सच्याउन र हटाउनः
व्यवस्थापन सूचना प्रणालीको "आन्तरिक प्रशासन" मेनुमा क्लिक गर्ने र नियुक्तिसम्वन्धी विवरण हेर्ने । कुनै रेकर्ड सच्याउन सो रेकर्डको अन्त्यमा रहेको "सच्याउने" वटनमा क्लिक गर्ने र आवश्यक विवरण सच्याउने । कुनै रेकर्ड हटाउन सो रेकर्डको अन्त्यमा रहेको डिलिट वटन क्लिक गर्ने ।
(च) कैदी सरूवा (स्थानान्तरण) गर्न
माथि (घ) मा उल्लेखित कार्यविधी अनुरूप सरूवा गर्न पर्ने कैदी खोज्ने । संवन्धित कैदी विवरणको अन्तिम कोलममा रहेको "अन्य" मेनुमा "कैदी सरूवा" मा क्लिक गरी त्यसपछि आउने फारममा विवरण भरी सरूवा गर्ने ।
नोटः सरूवा गर्ने कारागारले सरूवा भएको कारागारमा कैदी वुझाएको भरपाइ प्राप्त भएपछि मात्र सरूवासम्वन्धी विवरण PMIS मा इन्ट्रि गर्नुपर्दछ । सरूवा गर्ने कारागारले सो विवरण भरेपछि सरूवा भएको कारागारको रेकर्डमा उक्त कैदीको विवरण स्वतः थप हुन्छ । तसर्थ, सरूवा भै आएको कैदी लिने कारागारले सो कैदीको विवरण PMIS मा पुनः भर्नु, थप्नु पर्दैन ।
(छ) माफी मिनाहाको विवरण अध्यावधिक गर्न
सरूवा गर्न पर्ने कैदी खोज्ने [माथि कार्यविधी (घ) मा उल्लेखित कार्यविधी अनुरूप] । त्यसपछि संवन्धित कैदी विवरणको अन्तिम कोलममा रहेको "अन्य" मेनुमा "माफी" मा क्लिक गरी त्यसपछि आउने फारममा विवरण भर्ने र Submit गर्ने ।
(ज) कैद मुक्त गर्न
कैद मुक्त गर्न पर्ने कैदी खोज्ने [माथि कार्यविधी (घ) मा उल्लेखित कार्यविधी अनुरूप] । त्यसपछि संवन्धित कैदी विवरणको अन्तिम कोलममा रहेको "अन्य" मेनुमा "कैद मुक्त" मा क्लिक गरी त्यसपछि आउने फारममा विवरण भरी कैद मुक्त गर्ने । के कारणले कैद मुक्त भएको हो (मृत्यू, कैद अवधि समाप्ति आदि), सो व्यहोरा "कारण" महलमा उल्लेख गर्ने ।