आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीवाट निम्न कार्यहरु सम्पादन हुन्छ
-
बजेट संग सम्वन्धित कार्यहरु गर्ने गराउने
-
नीतिगत सुधार बजेट निकासा र मन्त्रालय वा अन्य निकायबाट गराउनु पर्ने निर्णयका विषयमा अनुरोध गरी पठाउन महानिर्देशक समक्ष पेश गर्ने
-
स्वीकृत वार्षिक बजेटको परिधिभित्र रही समान्यत 1 महिनामा वार्षिक बजेटको अनुपातमा समानुपातिक रुपले बढी खर्च हुन नपाउनेगरी कार्यालयको निम्ति आवश्यक सामानको खरीद आदेश र माग फाराम पेश गर्ने
-
विभागको कार्यको आवधिक प्रतिवेदन सम्वन्धित निकायमा पठाउने ।
-
विभाग र विभाग अन्तर्गतका कार्यालयहरुको विकाश कार्यक्रमको प्रगति प्रतिवेदन निर्माण एवं संकलन गर्ने र सम्वन्धित निकायमा पठाउने ।
-
विभाग र विभाग अन्तर्गतका कार्यालयका योजना र कार्यक्रमहरु सम्वन्धी अभिलेख राख्ने
-
बेरुजु फस्यौट सम्वन्धी कार्य गर्ने