नेपाल सरकार

गृह मन्त्रालय

कारागार व्यवस्थापन विभाग

कालिकास्थान ,काठमाडौं

कारागार कार्यालयहरूको काम

1)अधिकार प्राप्त निकाय वा पदाधिकारीले थुना वा कैदमा पठाएका थुनुवा वा कैदी बुझी थुनुवा वा कैदीलाई कारागारमा राख्ने,
2)अधिकार प्राप्त निकाय वा पदाधिकारीद्वारा ठेकिएको कैद सजाय पूरा गरेका कैदीहरुलाई विभागको स्वीकृती लिएर कारागारबाट मुक्त गर्ने,
3) अधिकार प्राप्त निकाय वा पदाधिकारीको आदेशले थुनामा राखिएका थुनुवाहरुलाई अख्तियार प्राप्त निकाय वा पदाधिकारीको आदेशमा थुनाबाट मुक्त गर्ने,
4)थुनुवा वा कैदीलाई तोकिएको रासन तथा रकम सिधा बापत कानुन बमोजिम उपलब्ध गराउने,
5)थुनुवा वा कैदीले कानुन बमोजिम पाउने लुगा तथा स्वास्थोपचार सम्बन्धी अन्य सुविधाहरु उपलब्ध गराउने,
6)कारागारभित्रको वातावरणलाई शान्त र स्वच्छ राखी सुचारु र सुव्यवस्थित रुपले कारागारको सञ्चालन गर्न र बन्दीहरुको सुविधाको निम्ति आवश्यक क्रियाकलापको सञ्चालन गर्नको निम्ति बन्दीहरु मध्येबाट तोकिएको संख्यामा तोकिएको प्रक्रिया पुर्याई चौकिदार, नाइके र सहनाइकेको नियुक्ति गर्ने,
7) बन्दीहरुको अभिलेख राख्ने,
8) बन्दीहरुको चालचलनको अभिलेख राख्ने,
9)सन्तोषजनक ढंगले तोकिएको काम नगर्ने चौकिदार, नाइके र सहनाइकेलाई कामबाट हटाउने,
10)माथिल्लो निकायमा सरकारी वा बन्दीको पक्षबाट बन्दीहरुको पक्ष वा विपक्षमा परेका पुनरावेदनको अभिलेख राख्ने,
11)थुनुवा वा कैदीसँग भेट्न आउने व्यक्तिलाई तोकिए बमोजिम भेटघाट गर्न दिने,
12)थुनुवा वा कैदीले कारागार बाहिर रहेका व्यक्ति वा संस्थालाई पठाउने चिठ्ठीपत्रहरु तोकिए बमोजिम पठाइदिने र थुनुवा वा कैदीको निम्ति बाहिरबाट आएका चिठ्ठीपत्र र अरु सामानहरु तोकिए वमोजिम थुनुवा कैदीलाई उपलब्ध गराउने,
13)थुनुवा वा कैदीलाई विभागको आदेशानुसार स्थानान्तरण गरी सम्बन्धित कारागारमा पठाउने र अन्यत्रबाट स्थानान्तरण गरी पठाइएका बन्दी वा थुनुवालाई बुझी कारागारमा राख्ने,
14) आर्थिक ऐन नियम अनुसार कारागारको आय व्ययको स्रेस्ता राख्ने, खर्चको लेखा राख्ने, लेखा परिक्षण गराउने र बेरुजु फर्छ्यौट गराउने,
15)थुनुवा वा कैदीलाई थुन्ने वा कैद गर्ने अड्डा अदालतमा त्यस्तो अड्डा अदालतको आदेशानुसार उपस्थित गराउने,
16)कारागारमा बत्तीको व्यवस्था गर्ने,
17)तोकिए बमोजिम कारागारको ढोका खोल्ने र बन्द गर्ने व्यवस्था मिलाउने,
18)थुनुवा वा कैदी भागेमा आवश्यक विवरण राखी खोजतलासका निम्ति जिल्ला प्रहरी       कार्यालय र इलाका प्रहरी कार्यालयमा अविलम्व लेखी पठाउने र प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालय स्थानीय प्रशासन शाखामा जानकारी पठाउने,
19)कारागारको सुरक्षा सम्बन्धी कार्य र अवस्थाको विषयमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुखसँग आवश्यक सम्पर्क राख्ने,
20)बन्दीका आश्रित बालबालिकाहरुलाई बन्दीको सहमति लिएर सम्झौताका आधारमा तोकिए  बमोजिम सुधार गृहहरुमा राख्ने,
21)बन्दीहरुको हितको निम्ति कारागार भित्र शिक्षा, स्वास्थ्य र प्रशिक्षण आदि सेवा प्रदान गर्न वा कार्यक्रम सञ्चालन गर्न चाहने सरकारी वा गैर सरकारी संघ संस्थाहरुलाई त्यस्तो सेवा तथा सहयोग बन्दीको निम्ति के कति आवश्यक छ भन्ने कुराको मूल्यांकन गरेर तोकिए बमोजिम त्यस्तो कार्यक्रम सञ्चालन गर्न अनुमति दिने,
22)बन्दीहरुले कानुन बमोजिम सञ्चालन भएको कुनै शिक्षण संस्थाले सञ्चालन गर्ने परिक्षा दिन चाहेमा सम्बन्धित शिक्षण संस्थालाई तोकिए बमोजिम कारागारभित्र परिक्षा केन्द्र राख्न र बन्दीलाई परिक्षामा सम्मिलित हुन अनुमति दिई सो को निम्ति आवश्यक स्थान आदिको सहयोग उपलब्ध गराउने,
23)कानुन बमोजिम अधिकार प्राप्त व्यक्ति वा संस्थाको पदाधिकारी कारागारको निरिक्षण गर्न आएमा निरिक्षण गर्न दिने,
24) थुनुवा कैदी भाग्न नपाउने गरी पालो पहराको व्यवस्था मिलाउने र पालो पहरामा खटिएका व्यक्तिले आफ्नो कर्तव्य राम्रोसँग पालना गरे नगरेको कुराको रेखदेख गर्ने,
25)बन्दीको बडापत्र लेखी सर्वसाधारण एवं बन्दीले देख्ने ठाउँमा राख्ने,
26)सूचना पाटी र उजुरी पेटिका राख्ने व्यवस्था मिलाउने,
27)कुनै थुनुवा वा कैदी बाहेक अरु कसैले ती थुनुवा वा कैदीलाई भगाएमा, भगाउने उद्योग गरेमा वा कारागार ऐन तथा नियमावलीमा भएको व्यवस्थाको बर्खिलाप गरि कारागार भित्र वा बाहिर कुनै सामान ल्याएमा लगेमा वा लैजाने उद्योग गरेमा वा थुनुवा वा कैदीलाई निषेधित बस्तु दिएमा, पत्र व्यवहार गर्न दिएमा त्यस्तो लापरवाही वा गैर कानुनी काम गर्ने कर्मचारी उपर तहकिकात गरी मुद्दा चलाउने,
28) सम्पादित कार्यको प्रगति एवं बन्दीहरुको तथ्यांक सम्वन्धी विवरण प्रतिवेदन मासिक  रुपले विभागमा पठाउने,
29) बन्दीहरुको हितको निम्ति कारागार भित्र शिक्षा, स्वास्थ्य र प्रशिक्षण आदि सेवा प्रदान गर्ने वा कार्यक्रम सञ्चालन गर्ने तथा बन्दीहरुमा आश्रित बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाको जिम्मा लिएर सुधार गृहको सञ्चालन गर्ने जे जति संस्थाहरु कारागार रहेको जिल्लामा छन् या कारागारको सम्पर्कमा छन् ती संस्थाहरुको अभिलेख राख्ने र त्यस्ता संस्थाहरुको नाम कार्यक्षेत्र र पुर्याई आएको सेवाको विवरण तयार गरी चौमासिक रुपमा चौमासिक अवधि सकिएको 7 दिनभित्र विभागमा पठाउने,
30)विद्यमान ऐन नियम अनुसार तोकिएको अन्य काम गर्ने,
31)कारागारको व्यवस्थापन सम्बन्धी विषयमा गृह मन्त्रालय तथा कारागार व्यवस्थापन विभाग र अन्य सम्बद्ध निकायले दिएको निर्देशनको पालना गर्ने,
32)PMIS(Prison Management Information System) संग सम्वन्धि कार्यहरु गर्ने,Update गर्ने ।

ताजा जानकारी

२६ मंसिर
२०७८

विदेशी कैदी/वन्दीको संख्या

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

जेलरहरुको विवरण

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

नेपालका कारागारहरुको क्षमता

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

कैदी/वन्दी मास्केवारी वैशाख 2072

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

निरिक्षण फारम

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

माफी मिनाहा परिपत्र 2072-2-1

पुरा पढ्नुहोस्